हेटौाडा,२१ मंसिर
आज जारी रहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा हेटौँडामा पनि केहि स्थानमा वम आतंक भएको छ । हेटौँडाको वडा नंबर ८ मा रहेको चन्दोदय मावि नजिकै वम रहेको खबर प्राप्त भएपछि नेपाली सेनाको वम डिस्पोजल टोली पुग्यो ।
वम देखेपछि स्थानीय र मतदाताहरु त्रसित देखिन्थे । एकछिन भागाभा समेत भएको थियो । एकैछिनमा सेनाको विषेश टोलीले स्थाीयहरुलाई केहि पर बस्न आग्रह गर्यो र बम निस्कृय बनाउन लाग्यो । बन निस्कृय बनाउने क्रममा त्यहा भेटिएको पर्चाले सेना समेत आश्चार्यमा पर्यो । जनतालाई वमबाट आतंकित पार्नको लागि राखिएको उक्त बस्तुमा एउटा चिटमा “थ्याङ यु” लेखिएको थियो ।
तस्बिर : राम अविकासको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।