२१ मंसिर,प्रतिनिधि र प्रदेश सभा सदस्यअन्तर्गत मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनको मतगणना शुरु हुँदैछ।सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङमा मतगणना शुरु भएको छ। मनाङमा ५ हजार ८ सय ८० मतदाता छन्। त्यहाँ १ निर्वाचन क्षेत्र र प्रतिनिधि सभाका लागि २ जना मात्र उम्मेदवार छन्।

सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङमा राती ११ बजेसम्म प्रतिनिधि सभा सदस्यको मतपरिणाम आइसक्ने मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए। ‘प्रतिनिधि सभाको १ र प्रदेश सभाको २ स्थानमा मतगणना हुनेछ। सम्भवत राती ११ बजेभित्र नतिजा आइसक्नेछ।’मनाङमा नेपाली कांग्रेसबाट टेक बहादुर गुरुङ र नेकपा एमालेबाट पोल्देन गुरुङ प्रतिनिधि सभा सदस्य बन्नका लागि प्रतिस्पर्धामा छन्।