मनाङमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएका नेकपा एमाले समर्थित उम्मेदवार दीपक मनाङेले सुरुआती अग्रता लिएका छन् ।प्रतिनिधिसभातर्फ पनि वाम गठबन्धन उम्मेदवार अग्रस्थानमा छन् ।
प्रदेशसभा ‘ख’मा मनाङेले अग्रता लिएका हुन् । एमाले समर्थित मनाङेले १६१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कर्मा गुरुङले १०५ मत पाएका छन् ।एकमात्र प्रतिनिधिसभा सिट रहेको मनाङमा त्यसतर्फ एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले २४९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २४९ मत ल्याएका छन् ।
यस्तै, मनाङको प्रदेशसभा ‘क’मा एमालेका उम्मेदवारले २१६ मत ल्याउँदा कांग्रेसका चिन्ता घलेले ११० मतमात्र पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।