file photo

  चुनावका बिचमा विभिन्न स्थानमा भएका बम विष्फोटको जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ । चुनावका क्रममा ती घटना भएकाले चुनाव सकिएपछि अब बम विष्फोटका सबै घटना रोकिने उसले जनाएको छ ।
जनताको चाहाना विपरित चुनाव गरिएकाले आफूहरु बम फड्काउन बाध्य भएको पार्टीका नेता ओमप्रकाशन पुनले जनाए । चुनाव सकिएसंगै चुनाव विरोधी गतिविधी पनि सकिने उनले जानकारी दिए ।
प्रतिरोध अभियानका क्रममा दुखद घटना हुन पुगेको पार्टीले जनाएको छ । वम विष्फोटनका घटनामा भगौडा सुरक्षाकर्मीहरुको पनि सहभागिता पुनले स्वीकार गरे ।