बकैया,२१ मंसिर
पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा मतदान प्रक्रिया उत्साहपुर्वक भैरहेको छ । यहाँ बृद्धबृद्धा देखि विरामी अशक्तहरु पनि मतदान गर्नको लागि जम्मा भएका छन् ।
बकैयाको वडा नंबर ४ मा रहेको महेन्द्र माविको मतदान केन्द्रमा विहानैबाट मतदान गर्न भिड रहेको छ । यहा हालसम्म ४५ प्रतिशत भन्दा धेरै मतदान भएको जानकारी आएको छ । समग्र बकैया गाउँपालिकामानै शान्तिपूर्ण ढंगबाट मतदान जारी छ।