हेटौँडा,२१ मंसिर
मकवानपुरमा सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र नंबर १ का मुख्य प्रतिस्पर्धी वाम गठवन्धनका कृष्णप्रसाद दाहाल तथा लोकतान्त्रिक गठवन्धनका कमल थापाले आफ्नो आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।
वाम गठवन्धनका कृष्णप्रसाद दाहालले बकैया गाउँपालिका वडा नंबर १२ मा रहेके कान्ति माविको मतदान केन्द्रबाट मतदान गरेका हुन । उनका प्रतिस्पर्धी कमल थापाले पनि मतदान गरिसकेका छन् । थापाले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ मा रहेको वंशगोपाल उच्चमाविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।