नवलपरासी, मंसिर २१ । कर्मचारीको असावधानिका कारण प्रदेशसभा सदस्यको मतपत्र प्रतिनिधिसभाको बाकसमा खसालेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित त्रिमुर्ती आधारभूत तिलौली केन्द्र ’ख’ मा पुनः मतदान भएको छ ।
बिहान सात बजेदेखि भोट खसाल्न आएका मतदाताहरुलाई त्यहाँ खटिएका कर्मचारीले प्रदेशसभाको मत पत्र दिएर प्रतिनिधिसभाको बाकसमा खसाल्न लगाएपछि केही समय मतदान प्रकृया अवरुद्ध भएको थियो ।
एउटाको मत पत्र अर्कै बाकसमा खसालेपछि राजनीतिक दलका प्रतिनिधिहरुको सहमतिमा पुनस् मतदान गरिएको मतदान अधिकृत विरेन्द्र कुमार तिमिल्सेनाले बताए ।
१८ जनाले मतदान गरेपछि उक्त त्रुटी भएको थाहा भएको तिमिल्सेनाले बताए । राजनीतिक दलको सहमतिमा मतदान गर्ने मतदाताहरुको पहिचान गरी पुनः मतदान गर्न लगाइएको थियो । त्रुटी भएर खसालिएका सबै मतपत्रलाई मुचुल्का बनाएर छुट्टै शिल गरेर राखिएको तिमिल्सेनाले बताए ।
पूर्व र पश्चिम जिल्लामा विभाजन नवलपरासीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान प्रकृया अघि बढेको पश्चिम जिल्लाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।
इमेज खबरबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।