मंसिर २१,एजेन्सी– चिनियाँ राष्ट्रपति सि चिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गरेका छन् ।  तेस्रो विश्वका मुलुकहरुले मानवअधिकारको विकास तथा रक्षाका क्षेत्रमा आ–आफ्ना प्रयास जारी राखेकोले त्यसको सम्मान गर्नुपर्ने उनले बताए ।

बिहीबारदेखि बेइजिङमा सुरु भएको ‘साउथ–साउथ ह्युम्यान राइट्स फोरुम’ को उदघाटन सत्रमा दिनुभएको शुभकामना सन्देशमा उनले सो आग्रह गरेका हुन् । सो अवसरमा राष्ट्रपति सिले यस फोरमले विकासशील देशहरुमा मानवअधिकारको संरक्षणका क्षेत्रमा गरेको प्रयासका लागि हार्दिक बधाई दिएका छन् ।

उक्त सन्देशमा उनले राष्ट्रको विशिष्ठ अवस्था र जनताको चाहना एवम् आवश्यकता अनुसार मानवअधिकारको संरक्षण र प्रवर्धन हुने धारणा पनि राखे ।