मङसिर २१, नयाँ दिल्ली । भारतीय दक्षिणी राज्य तामिल नाडूको इक डिकमा एउटा ट्रक र भ्यान एक आपसमा ठोक्किदा नौ व्यक्तिको मृत्यु भएको छ ।यस दुर्घटनामा परी अन्य चार जना घाइते भएका प्रहरीले बिहीबार जानकारी दिएको छ ।भारतीय सहर चेन्नाईबाट तीन सय किलोमिटर टाढा रहेको एक सडकमा सो दुर्घटना भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
यस दुर्घटनामा परी मृत्यु भएकामा तीन जना बालबालिका र दुई महिला रहेका छन् । यी सबैको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो ।दुर्घटनामा घाइते भएका व्यक्तिलाई सरकारी अस्पतालमा उपचार गराइएको छ । यस दुर्घटनाको अनुसन्धान जारी रहेको अधिकारीले जनाएका छन् ।दुर्घटनापछि ट्रक चालक भने त्यहाँबाट फरार भएको बताइएको छ । भारतमा विश्वको तुलनामा सडक दुर्घटनाको सङ्ख्या बढी रहेको छ ।
दुर्घटनाको कारणमा नाजुक अवस्थामा रहेको सडक, मर्मत संभारको कमी र चालकको लापरवाही रहेको सम्बन्धित अधिकारीहरुको भनाइ रहेको छ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।