मंसिर २१, २०७४काठमाडौं : दोस्रो चरणको निर्वाचन अन्तर्गत बिहीबार देशका ४५ जिल्लामा मतदान भइरहेको छ। विहान ७ बजेदेखि मतदाताहरु उत्साहपूर्ण रुपमा मतदान गरिरहेका छन्। बिहान १० बजेसम्म देशभरीकै अवस्था शान्तिपूर्ण छ।

४५ जिल्लाबाट १२८ प्रतिनिधिसभा सदस्य र २५६ प्रदेशसभा सदस्य चयन गर्न यो निर्वाचन भएको हो। बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष भीम रावल लगायतका शीर्ष नेताहरुले बिहानै मतदान गरेका छन्।

हेर्नुस् फोटोहरु :

तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल।

इलाम क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवार सुवासचन्द्र नेम्वाङ।

मकवानपुर १ बाट प्रतिनिधिसभा उम्मेदवार कमल थापा वंशगोपाल माध्यमिक विद्यालयबाट मतदान गर्दै।

झापा ३ का कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला।

ललितपुर ३ बाट प्रतिनिधिसभामा वाम गठबन्धनकी उम्मेदवार पंफा भुसाल।

मोरङ ६ का कांग्रेस उम्मेदवार शेखर कोइराला।

अछाम १ बाट वाम गठबन्धनका उम्मेदवार भीम रावल।

काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह।

रुपन्देही २ का वाम गठबन्धनका उम्मेदवार एमाले उपमहासचिव विष्णु पौडेल।

सुर्खेत १ का नेपाली कांग्रेस उम्मेदवार पूर्णबहादुर खड्का।

काठमाडौं ५ का वाम गठबन्धनका उम्मेदवार एमाले महासचिव ईश्वर पोखरेल।

कञ्चनपुर १ बाट प्रतिनिधिसभामा वाम गठबन्धनकी उम्मेदवार माओवादी नेतृ विना मगर।

झापा १ का कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा।

महोत्तरी १ का वाम गठबन्धनका उम्मेदवार विना विभागीय मन्त्री गिरिराजमणि पोखरेल।

दाङ २ को प्रदेशसभा १ बाट वाम गठबन्धनका उम्मेदवार एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल।

काठमाडौं ४ का कांग्रेस उम्मेदवार गगन थापा।

माओवादी केन्द्रका कार्यालय सदस्य मणि थापा प्युठानबाट मतदान गर्दै।

कास्की १ का कांग्रेस उम्मेदवार कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा।

कास्की २ का वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी।

सुर्खेत २ बाट प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार हृदयराम थानी।

झापा ४ का वाम गठबन्धनका उम्मेदवार एलपी सावाँ लिम्बु।

पाल्पा २ का वाम गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेय।

कास्की १ का वाम गठबन्धनका उम्मेदवार खगराज अधिकारी।

तस्बिरहरु विभिन्न अनलाईनबाट साभार गरिएको हो