गोरखा, मंसिर २१ –सर्वाधिक चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
सुरुमा नारायणकाजी श्रेष्ठले अग्रता लिए पनि बीचमा बाबुराम भट्टराई थोरै मतले अगाडि थिए ।
पछिल्लो मतपरिणाम अनुसार माओवादी नेता नारायणकाजी श्रेष्ठले १८२४ मत ल्याउनुभएको छ । कांग्रेसको समेत समर्थन रहेका बाबुराम भट्टराईले १७८९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै रुकुम पूर्वमा बाम गठबन्धनले अग्रता लिएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार, बाम गठबन्धनकी उम्मेदवार कमला रोकाले झण्डै दोब्बर मतले अग्रता लिइरहेकी छिन् । ११ सय ५९ मतगणना हुँदा वाम गठबन्धनकी उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएकी छिन् भने दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार हरिशंकर घर्तीले २६५ मत पाएका छन् ।