हेटौँडा,२१ मंसिर,
१८ वर्षपछि गणतन्त्र नेपालको पहिलो आम निर्वाचन आज सम्पन्न भएको छ । आज भएको मतदान मकवानपुरमा शान्तिपुर्ण ढंगबाट सम्पन्न भएको छ । निर्वाचनमा कैपति हिंसात्मक गतिविधि नभएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
आज सम्पन्न निर्वाचनमा मकवानपुरमा सबैभन्दा चासो तथा प्रतिक्षाको विषय निर्वाचन क्षेत्र नंबर १ को भिडन्त रहेको छ । क्षेत्र नंबर १ मा वाम गठवन्धनका कृष्ण दाहाल र लोकतान्त्रिकका कमल थापाविच चुनावी भिडन्त सम्पन्न भैसकेको छ ।
आज सम्पन्न भएको निर्वाचन पश्चात दुबै गठवन्धनका कार्यकर्ता तथा नेताहरु आफुले जित्ने दाबी गर्दै उत्साहित रहेका छन् । मतपेटिकामा मत परिसकेको अवस्थामा अव मकवानपुरेले भने मतपरिणाम भोलीबाट मात्र थाहा पाउने भएका छन् । खबरब्रेकले आज गरेको क्षेत्र नंबर १ अनुगमनको क्रममा दुबै गठवन्धनहरुले आफुले जित्ने दाबी गरे । उनीहरुले आफु सतप्रतिशत विजयी हुनेमा ढुक्क रहेको बताएका छन् ।
मकवानपुरको सन्र्दभमा दाहाल र थापा एक आपसमा तिन पटक चुनावी मैदानमा उत्रिसकेका छन् जसमा दाहालले दुई पटक जित हाँसलि गरेका छन भने थापाले एक पटक मात्र जित हाँसील गरेका छन् । यो निर्वाचनबाट दाहालले ह्याट्रिक गर्ने हुन या थापाले दाहालसँग बराबरी गर्ने हुन मकवानपुरे जनता ब्यग्र प्रतिक्षाको साथ मत गणना कुरिरहेका छन् ।