मंसिर २०,घरवरपर वा सडक सफा राख्दा धेरैले जानेको काईदा हो, वरपरको फोहो जम्मा गरेर बालिदिने । त्यसमा पनि चिसो बढेसंगै आगो ताप्न फोहोर पनि बाल्ने क्रम बढ्छ । तर, यसले बातावारण प्रदुषित बनाई स्वास्थ्य तथा वातावरणविद्का अनुसार उपत्यकामा घरवाहिरका फोहोर बाल्ने यही प्रचलन वातावारण प्रदुणको प्रमुख कारण बन्दै गएको छ । चिसो बढेसैै विभिन्न स्थानम जताततै भेटिने फोहोरमा विशेषगरी प्लाष्टिक वा जंकफुडका खोलदेखि टायरसमेत हुन्छन जसलाई बालेर ताप्ने प्रचलन बढ्दै गएको छ ।
यसो गर्दा निस्किने धुवाँ चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिकै र वायुमण्डलको तल्लो भागमा रहिरन्छ जसले स्वास्थ्यमा हानि पुर्याउछ ।, यो खबर आजकोनागरिक दैनिकमा दीपक दाहालले लेखेका हुन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।