मंसिर २०, २०७४(अन्तिम दिनको पहिलो सत्रमा अस्ट्रेलियाका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि इंगल्याण्ड दोस्रो टेस्टमा पनि पराजित भएको छ । ६७ रनमा खेलिरहेका कप्तान जो रुटसहित ६ विकेट गुमाएसँगै इंगल्याण्ड १ सय २० रनले पराजित भयो । अन्तिम दिनमा अस्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए ।दिनको दोस्रो बलमै नाइटवाचम्यान क्रिस वोक्सलाई गुमाएको इंगल्याण्डका कप्तान जो रुटलाई तेस्रो ओभरमा पेभेलियन फर्किए । जोनी बेरस्टोले ३६ रन जोडेपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।