

मंसिर १९ । मंगलबार पनि सुनको भाउमा कमी आउनेक्रम जारी रह्योे ।अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर तोलाको ५५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँद व्यवसायी महासंघले जनाएको छ ।सोमबार सुनको मूल्य तोलाको ५५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ७३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुनप्रति औंस १२ सय ७८ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।