काठमाडौं । विश्वमा धेरै मुलक छन् जहाँ यौन व्यापार अन्य सामान्य व्यापार जस्तै मान्ने गरिन्छ । सरकारले कर लिएर निश्चित स्थान तोकेर व्यवसाय गर्न दिएको हुन्छ । दक्षिण एशियाका धेरै मुलुकमा यस्तो धन्दा बैधानिक मानिन्छ । नेपाल, पाकिस्तान, श्रीलंका र भुटानमा यो गैरकानुनी काम मानिन्छ । तर छिमेकी भारत, चीन, बंगलादेशमा यौन व्यापार मौलाउदै गएको छ । अर्का तर्फ यौनलाई हेर्ने पूर्विय दर्शनले गर्दा समाजमा अपराध बढ्दै गएको छ । महिलाले कोही पुरुषसंग बोल्दा नकारात्मक मान्ने तर पुरुषले जती नै महिलासंग सम्बन्ध बनाएपनि सामान्य मान्ने चलन नेपालमा मात्र होइन भारतमा समेत छ । छोटो कपडालाई बलात्कारको प्रमुख विकृति मान्ने चलन समेत हामीकहाँ धेरै छन् ।
नेपालमा कस्तो यौन व्यापार ?
नोपलमा यौन व्यापार निकै धेरै छ । प्रशासन र प्रहरीको मात्र नभएर गुण्डाहरुको समेत लगानी र संरक्षणमा नेपालमा यौन व्यावसाय फस्टाउदैं गएको छ । नेपालका नाम चलेको शहरदेखि पर्यटकिय गन्तव्यमा समेत सेक्स व्यापार हुन्छ । नेपालको यौन व्यापारमा पछिल्लो समय अविवाहित भन्दापनि विवाहित महिला धेरै रहेका छन् । श्रीमानले छोडेका वा विदेश गएका श्रीमानका श्रीमती मात्र होइन् घरमै श्रीमान भएका समेत यस्तो कार्यमा लागेका भेटिन्छन् । काठमाडौ उपत्यकाका एक उच्च प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने शर्तमा भने ’हामीले सुचनाका आधारमा छापा मार्ने गरेका छौं जसमा ७० प्रतिशत विवाहित महिला भेटिन्छन्’ ।
नेपालमा कहाँ कहाँ छन् अघोषित यौन बजार
नेपालमा यस्ता धेरै स्थान छन् । जहाँ यौन बजार छ भन्ने धेरैलाई थाहा छ । कतिपय स्थानमा प्रहरीको आखाँ पुगेको समेत छैन् ।
बिर्तामोर्ड
नेपालको पूर्वी जिल्ला झापाको विर्तामोड एउटा यौन व्यवसायीको राम्रो अखडा हो । जहाँ पूर्वी पहाडी जिल्लाबाट तराई झरेका महिला, स्थानीय, भारतका समेत यौन व्यावसायी रहेको स्रोतले जानकारी दिएको छ । यो बाहेक भद्रपुर, दमकमा समेत यस्तो कार्य हुने गरेको छ ।
इटहरी
यो पनि पूर्वी भेग नै हो । जहाँ पहाडदेखि झरेका र लाहुरे परिवार भएका केही महिलाको यस्तो कार्यमा संग्लन छन् ।
धरान
लाहुरेहरुको बस्ती भएको धरान पहिलेदेखि नै फेशनमा नेपालमा सबैभन्दा अगाडी छ । यहाँ समेत धेरैको यस्तो व्यावसाय छन् । जहाँ अन्यत्रबाट समेत यौन व्यवसाय गर्न महिलाहरु पुग्ने गरेका छन् ।
बिराटनगर
यो नेपाल भारतको सिमान शहर हो यहाँ नेपाली मात्र नभर भारतीय समेत यौन व्यवसायमा संग्लन छन् । हवाई यात्राको सहज भएकाले यहाँ उच्च वर्गको समेत सहभागीता रहेको छ ।
विरंगन्ज
यो नेपाल भारतको सिमान शहर हो यहाँ नेपाली मात्र नभर भारतीय समेत यौन व्यवसायमा संग्लन छन् । यो व्यापारी शहर समेत हो ।
हेटौडाँ
यो व्यापारी शहर समेत हो । काठमाडौबाट प्रहरीले लखेटेपछि धेरैले यहाँ पुगेर यौन व्यवसाय गर्ने गरेका छन् ।
नारायणगढ/ भरतपुर
यो मध्य नेपालको ठुलो शहर हो । जहाँ देशको मुख्य लाइफ लाइन समेत हो । जहाँ नेपालका धेरै जिल्लाको बसोबास छ । जहाँ यौनको बजार समेत ठुलो छ ।
पोखरा
यो नेपालको प्रखुख पर्यटकिय गन्तव्य हो । जहाँ नेपालीमात्र नभएर विदेशीसमेत प्राकृतिमा रमाउदैं शारिरीक भोक मेटाउन आउने गर्दछन् । यहाँ नेपलीमात्र नभएर विदेशी महिला समेत यौन व्यवसायमा लागेको भेटिन्छ ।
काठमाडौ
सरकारले कुनै समय रेड लाइट एरिया घोषणा गर्न लाग्दा रोकिएको ठमेल बजार आसपास नेपालको ठुलो यौन बजार रहेको छ । ठमेल जहाँ नेपालीमात्र नभएर विदेशीसमेत प्राकृतिमा रमाउदैं शारिरीक भोक मेटाउन आउने गर्दछन् । यहाँ नेपलीमात्र नभएर विदेशी महिला समेत यौन व्यवसायमा लागेको भेटिन्छ ।
ललितपुर
ललितपुरको ग्वार्को र गोदावरी एरियामा यस्तो व्यवसाय हुने गरेको छ ।
भक्तपुर
अरनिको राजमार्गको पलासेंदेखि गट्टाघर र नगरकोटमा रहेको छ । नगरकोट पर्यटकिय स्थान भएकाले यहाँ विदेशी पर्यटकको चाहाना अनुसार ब्रोकरहरुले युवती बोलाइदिने काम गर्दछन् ।
बुटवल /भैरहवा
यी व्यापारीक शहर हुन् । यहाँ पश्चिम पहाडी जिल्ला र भारतबाट समेत आएर यौन व्यवसाय गर्ने भेटिन्छ ।
नेपालगन्ज
यो मध्यपश्चिमको ठुलो व्यापारीक शहर हो । पहाडी जिल्ला र भारतबाट समेत आएर यौन व्यावसाय गर्ने भेटिन्छ । हवाइ जहाजको पहुचँ भएकाले समेत अन्यत्रबाट समेत त्यहाँ गएर यौन व्यवसाय गर्ने भेटिन्छ ।
यी यौनकर्मी दिनहुँ आठ घन्टा वा त्यसभन्दा पनि बढी काम गर्छन् । तर, तीमध्ये ९६ प्रतिशतले आश्वासनबमोजिम पारिश्रमिक पाउँदैनन् । आधाभन्दा बढी यौनकर्मीले महिनाको २१ सयदेखि २५ सयसम्म पाउने गरेको शक्ति समूहको प्रतिवेदनमा उल्लेख छ । शक्ति समूहले पछिल्लोपटक काठमाण्डौ उपत्यकाका दोहोरी रेस्टुरेन्ट, मसाज र क्याबिनमा गरेको सर्वेक्षणमा देशका सबै जिल्लावासी महिलाले राजधानीलाई यौनव्यवसायको गन्तव्य बनाएका छन् । उनीहरूमध्ये नुवाकोटबाट आउनेको संख्या सबैभन्दा धेरै छ (१२.३ प्रतिशत) । सर्वेक्षणमा ४० प्रतिशत यौनकर्मी १८ देखि २० वर्षका र ३३ प्रतिशत १८ वर्षमुनि भएको पत्ता लागेको छ । उनीहरूमध्ये गुरुङ, राई र तामाङ जातिका ३५ प्रतिशत र क्षेत्री २७ प्रतिशत, बाहुन १३.६ प्रतिशत र मगर १०.६ प्रतिशत छन् । त्यस्तै, ५१ प्रतिशत आंशिक साक्षर, ३१ प्रतिशत निरक्षर र २० प्रतिशतले पढाइ छाडेको पाइएको छ । अध्ययनले काठमाडौंका ठमेल, बालाजु, माछापोखरी, गोंगबु, रत्नपार्क र काटेश्वर एरियामा बढी यौनव्यवसाय हुने गरेको देखाएको छ । ती क्षेत्रमा मात्रै ६८ वटा क्याबिन रेस्टुरा, १६ वटा दोहोरी, दुई दर्जन बढी ओपन होटल र १० भन्दा बढी डान्सबार रहेको शक्ति समूहको अध्ययनमा बताइएको छ । नेपाली बाहेक कतिपय स्थानमा नेपाल घुम्न आएका पर्यटकहरु समेत यस्तो कार्यका संग्लन हुने गरेको भेटिन्छ । जसमा अमेरिकन, युरोपियन, चीनिया, फिलोपिनो, पाकिस्तानी, भारतीय लगायतका हुने गरेका छन् ।
नयाँ नेपाल अनलाईनबाट लिइएको सामग्री
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।