मंसिर १९ । मंगलबार सेयर बजार सामान्य अंकले ऋणात्मक रह्यो ।बजार परिसूचक नेप्से २ अंकले ऋणात्मक रहेर लागेर १५ सय २५ विन्दुमा आएर थामियो । यसदिन आधाभन्दा बढी समूह ऋणात्मक रहे ।
बिमा समूह सबैभन्दा उच्च २७ अंकले सकारात्मक रह्यो भने होटल समूहमा सबैभन्दा उच्च १७ अंकको कमी आयो । लघुवित्त ६ अंक, उत्पादनमूलक ३ अंक र व्यापार समूह झिनो अंकले सकारात्मक रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ, जलविद्युत्मा भने १३ अंकको गिरावट आयो । बैंकिङ, अन्य, विकास बैंक र वित्त भने सामान्य अंकले ऋणात्मक रहे ।यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका १० लाख ८२ हजार कित्ता सेयर ५७ करोड ७७ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।