मंसिर १९,बिहीबार हुने दोस्रो चरणको निर्वाचन सुरक्षाका लागि गएराति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल(भारत सीमासँग जोडिएका जिल्लाहरुमा सीमा नाका बन्द गरिएको छ ।निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न भारतसँग जोडिएका पूर्वदेखि पश्चिसम्मकै सीमावर्ती जिल्लामा नाका बन्द गरी सुरक्षा निगरानी बढाइएको हो ।झापा, इलाम, सुनसरी, मोरङ, पर्सा, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहितका जिल्लाका सीमा नाका सिल गरिएको हो ।
नेपाल र भारतमा हुने गरेको निर्वाचनमा दुबै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीको आपसी छलफलमा सीमा नाका सिल गर्ने गरिएको छ ।सोमवार राति १२ बजेदेखि मंसिर २१ गते राति १२ बजेसम्म सीमा बन्द गरिएको सम्बन्धित जिल्लाका सुरक्षा समितिले जनाएको छ ।निर्वाचनका समयमा सीमा क्षेत्रबाट कुनै अप्रिय घटना नहोस् भनेर निर्वाचन अवधिभरका लागि नाका बन्द गरिएको समितिको भनाइ छ ।सीमा नाका सिलसँगै चुनाव हुने जिल्लाहरुमा लागुऔषध नियन्त्रण र मदिरा बेचबिखनमा निषेध गरिएको छ ।हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी जस्ता घटना हुन नदिन विशेष निगरानी बढाइएको सुरक्षा समितिले जनाएको छ ।
सीमा नाका बन्द भएपछि सीमा क्षेत्रबाट सबै साना र ठूला सवारी साधन र पैदलयात्रीको आवागमनसमेत रोकिएको छ ।मंसिर १९ । बिहीबार हुने दोस्रो चरणको निर्वाचन सुरक्षाका लागि गएराति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल(भारत सीमासँग जोडिएका जिल्लाहरुमा सीमा नाका बन्द गरिएको छ ।निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न भारतसँग जोडिएका पूर्वदेखि पश्चिसम्मकै सीमावर्ती जिल्लामा नाका बन्द गरी सुरक्षा निगरानी बढाइएको हो ।
झापा, इलाम, सुनसरी, मोरङ, पर्सा, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहितका जिल्लाका सीमा नाका सिल गरिएको हो ।नेपाल र भारतमा हुने गरेको निर्वाचनमा दुबै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीको आपसी छलफलमा सीमा नाका सिल गर्ने गरिएको छ ।सोमवार राति १२ बजेदेखि मंसिर २१ गते राति १२ बजेसम्म सीमा बन्द गरिएको सम्बन्धित जिल्लाका सुरक्षा समितिले जनाएको छ ।निर्वाचनका समयमा सीमा क्षेत्रबाट कुनै अप्रिय घटना नहोस् भनेर निर्वाचन अवधिभरका लागि नाका बन्द गरिएको समितिको भनाइ छ ।सीमा नाका सिलसँगै चुनाव हुने जिल्लाहरुमा लागुऔषध नियन्त्रण र मदिरा बेचबिखनमा निषेध गरिएको छ ।हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी जस्ता घटना हुन नदिन विशेष निगरानी बढाइएको सुरक्षा समितिले जनाएको छ ।सीमा नाका बन्द भएपछि सीमा क्षेत्रबाट सबै साना र ठूला सवारी साधन र पैदलयात्रीको आवागमनसमेत रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।