१९ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः नियुक्त भएका दीगम्बर झाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष झाले मंगलबार सूचना तथा सञ्चार मन्त्रालयमा पद तथा गोपनियताको सपथ ग्रहण गरी पुनः कार्यभार सम्हालेका छनु ।झालाई नेपाल सरकारले गत कार्तिक २७ गतेको निर्णयानुसार दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः नियुक्त गरेको थियो ।